पर्सा- वीरगन्जस्थित वीरगन्ज नर्सिङ क्याम्पसमा एक जना सदस्यबाहेक अन्य सबै पदमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल विजयी भएको छ।
अनेरास्ववियुको तर्फबाट अध्यक्ष पदकी उम्मेदवार मनिषा चौधरीले ९१ मत ल्याएर जित हासिल गरेकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघकी यामिनी खड्काले ६३ मत ल्याएकी छिन्।
सचिवमा अनेरास्ववियुकै श्रृष्टी तिमिल्सीना ८९ मत र कोषाध्यक्षमा अर्चना गुप्ता ९२ मत ल्याएर विजयी भएका छन्।
सदस्यहरुमा विवेक रनावत ८७, मुन्ना श्रेष्ठ ९८ ल्याएर विजयी भएका छन्। यस्तै सदस्यमा नेपाल विद्यार्थी संघकी स्मृती थापा ७६ मत ल्याएर विजयी भएकी छिन्।