काठमाडौं- स्वास्थ्य व्यवसायी परिषदको छैटौं नाम दर्ता परीक्षाको आवेदन सोमबारबाट खुला हुने भएको छ। परिषदले २०८० वैशाखको दोस्रो हप्तामा छैटौं पटक संचालन गर्न लागेको स्नातकोत्तर र स्नातक तहको नाम दर्ता प्रमाणपत्र परीक्षाको लागि मिति आवेदन खुला गरेको हो।
चैत २० गते सम्म एकल दस्तुर गतेसम्म दोब्बर दस्तुरमा परीक्षार्थीहरुले आवेदन दिन सक्नेछन्। स्नातकोत्तर र स्नातक तहको पुनः परीक्षामा सामेल हुने परीक्षार्थीहरुले पनि यही समयमा आवेदन दिन सक्नेछन्।
यसैबीच नेपाल स्वास्थ्य व्यवसायी परिषदले १५ दिनको फरकमा नाम दर्ता परीक्षा संचालन गर्ने भएको छ।
यसअघिको क्यालेण्डरमा अनुसार परीक्षा लिदा एकै पटक धेरै परीक्षार्थीहरु हुने र परीक्षा लिन पनि ५ दिनसम्म लाग्ने भएपछि स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको नाम दर्ता प्रमाणपत्र परीक्षा १५ दिनको फरकमा गर्ने निर्णय गरिएको परिषद्ले जनाएको छ।