काठमाडौं- नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले प्रवीणता प्रमाणपत्र तह (पिसिएल) र बिएस्ससी नर्सिङ तर्फको लाइसेन्स परीक्षा लिएको थियो।
परीक्षामा सभागीमध्ये थोरै संख्यामा मात्र परीक्षार्थी उत्तीर्ण भएका छन्। काउन्सिलका अनुसार पिसिएल तर्फ जम्मा २६ दशमलव १ प्रतिशत मात्र उत्तीर्ण भएका छन्। यस्तै बिएस्सी तर्फ ४१ दशमलव ९ प्रतिशत उत्तीर्ण भएका छन्।
पिसिएल तर्फ ८३४ जना सहभागी भएका थिए भने बिएस्सी नर्सिङ तर्फ ३७७ जना परीक्षामा सहभागी भएका थिए।