काठमाडौं- विश्व मिर्गौला दिवसको अवसरमा स्टार हस्पिटल सानेपा ललितपुरले नयाँबजार क्लब किर्तिपुर र नयाँ छहारी नेपाल किर्तिपुरसँंगको सहकार्यमा किर्तिपुरको नयाँबजारमा मिर्गौला रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरेको छ।
स्टार हस्पिटलका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा अनिल पोखरेलको नेत्तृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले करिब ३०० जना बिरामीको निःशुल्क मिर्गौला सम्बन्धी रगत, पिसाब र चिकित्सकिय जाँच सेवाप्रदान गरेको थियो।
कार्यक्रममा बोल्दै वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा पोखरेलले मिर्गौला रोग लाग्नबाट बच्न अपनाउनुपर्ने विभिन्न पाटाको बारेमा प्रकाश पार्दै रोग लागीहालेको खण्डमा कसरी जिवनलाई सहजबनाउन सकिन्छ भन्ने विषयमा जानकारी गराएका थिए।
स्टार हस्पिटलले हरेक वर्ष विश्व मिर्गौला दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।