काठमाडौं- सरकारले मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीले अति आवश्यकबाहेक विदेश भ्रमण नगर्ने निर्णय गरेको छ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अति आवश्यक अवस्थामाबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीले विदेश भ्रमण नगर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
उक्त निर्णय गरेकै दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं अतिरिक्त स्वास्थ्य सचिव र कृषि तथा पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गरिएको छ।
यसैगरी खानेपानी मन्त्री अब्दुल खान पनि संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन जाँदैछन्।
हेर्नुहोस् फागुन ३० गते बसेको मन्त्रिपरिषद् बैठका निर्णयहरू :