काठमाडौं- आठविसकोट नगरपालिकाको आयोजना, शान्ति नेपाल र नगरपालिकाको संयुक्त लागत साझेदारीमा महिलाहरुको निम्ति प्रजनन रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
फागुन २८ र २९ गते संचालित उक्त शिविरमा आठविसकोट नगरपालिकाका प्रमुख रवि केसी,उपप्रमुख धन कुमारी शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत मणि राज शाह,स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका स्वास्थ्य सेवा ब्यवस्थापक डा सुशील पोख्रेल सहभागी थिए।
यस्तै नर्सिङ निरीक्षक बिनिता बिष्ट, स्त्रीरोग रोग विशेषज्ञ डा केहल बिक्रम जिसी, डा राजकुमार भुजेल, डा नितेश महत्तो,वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक हृदयकली पौडेल लगायतका स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको टिम,आठविसकोट नगर अस्पतालमा कार्यरत डा संयमचन्द्र घिमिरे लगायत सहभागी थिए।
शिविरमा ४३० जना महिलाहरुलाई जाँच गरिएको थियो। जसमध्ये भिआइए २१० जना, रिङ्ग पेसरी सेवा ७ जना , अल्ट्रासाउन्ड सेवा ११० जना, शंकास्पद पाठेघरको मुखको क्यान्सर १० जना, आङ खसेको ३ जनाको जाँच गरिएको थियो।