काठमाडौं– महाराजगञ्ज चिकित्सा क्याम्पस र महाराजगञ्ज नर्सिङ क्याम्पसमा पनि स्वतन्त्र विद्यार्थी युनियनको चुनावको चलहपलह बढेको छ।
आगामी चैत ५ गते हुने निर्वाचनका लागि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिको कार्यालयले अन्तिम नामावली प्रकाशित गरिसकेको छ।
महाराजगञ्ज चिकित्सा क्याम्पसमा सत्ता गठबन्धनमा रहेका कांग्रेसको भ्रातृ संस्था नेविसंघ र माओवादीको अखिल क्रान्तिकारीको संयुक्त प्यानल रहेको छ भने एमाले निकट अनेरास्ववियुको एकल प्यानल रहेको छ।
सत्ता गठबन्धनमा रहेका दलहरु निकट नेविसंघ, अखिल क्रान्तिकारीको संयुक्त प्यानलमा दुई सदस्य बाहेक सबै पदहरुमा नेविसंघका उम्मेदवार छन्।
अध्यक्षमा अविशिखा न्यौपाने, सचिवमा पारस खड्का,कोषाध्यक्षमा सुमन ओली र सदस्यहरुमा अर्पण आचार्य, शिवेन्द्र प्रसाद सिंह, जेनिश चौधरी, मोदस्सिर हुसेन, अरुण कुमार यादव नेविसंघको तर्फबाट उम्मेद्वार छन् भने अखिल क्रान्तिकारीबाट सदस्यमा जमुना किवानायो र राजेश्वरी श्रेष्ठ रहेका छन्।
नेविसंघले महाराजगञ्ज चिकित्सा क्याम्पसको स्ववियु अध्यक्षमा पहिलो पटक महिला उम्मेदवार उठाएको छ।
यस्तै एमाले निकट अनेरास्ववियुबाट अध्यक्षमा आनन्द कुमार सिंह, सचिवमा बिपना कँडेल, कोषाध्यक्षमा अनिल कुमार साह र सदस्यहरुमा प्रतिभा आचार्य, विरेन्द्र कुँबर, सोमराज गिरी, युवराज पौडेल, अनुष सुवेदी, रितेश कुमार साह र अशोक कुमार साहको उम्मेदवारी परेको छ।
यस्तै महाराजगञ्ज नर्सिङ क्याम्पस तर्फ नेविसंघको तर्फबाट अध्यक्षमा धनुष विश्वकर्मा, सचिवमा विशाल केशरी, कोषाध्यक्षमा स्मृति श्रेष्ठ र सदस्यहरुमा सरिता शाह, रिश्ता कार्की, जोशीका कंडेल, रक्ष ढुंगाना र संगीता न्यौपानेको उम्मेदवारी परेको छ।
यस्तै समानुपातिक तर्फ परिशा पौडेल, रन्जित कुमार शाह, शोभा शर्मा, सृष्टि सापकोटा, मङ्ग ल्होमु शेर्पा, संगीता शर्मा, निकिता काफ्ले, राधिका शर्मा, सुमन कुमार यादव र प्रेना थापा रहेका छन्।
यस्तै एमाले निकट अनेरास्ववीयुबाट अध्यक्षमा नोबिना बस्नेत, सचिवमा सजिना पन्थ, कोषध्यक्षमा आयुस्मा राय र सदस्यहरुमा विञ्जना केसी, सीमा खनाल, मन्जुसा न्यौपाने, अबिसा कार्की र कञ्चन सापकोटाले उम्मेदवारी दिएका छन्।
यस्तै समानुपातिक तर्फ आकृति ढकाल, पुष्पा अर्याल, साक्षी ठाकुर, मन्जु ढकाल, पूर्णिमा लामिछाने, सबिना अर्याल र रोशनी कुमारी साह रहेका छन्।