काठमाडौं- विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी निर्देशक डा पुनम क्षेत्रपाल सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेकी छिन्।
काठमाडौंमा सोमबारबाट सुरु भएको क्षयरोग सम्बन्धी तीन दिने क्षेत्रीय गोष्ठीमा सहभागी हुन नेपाल आएकी सिंहले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री दाहालसँग भेट गरेकी हुन्।
भेटका क्रममा प्रधानमन्त्री दाहालले डब्लुएचओका तर्फबाट भइरहेको सहयोगको प्रशंसा गर्दै साझेदारीलाई थप सुदृढ बनाउने धारणा राखेका थिए।
डा सिंहले जनस्वास्थ्यका क्षेत्रमा नेपालले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेकी थिइन्।