काठमाडौं- बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत रहेको सामाजिक उत्तरदायित्वका निमित्त चिकित्सक नेपाल विद्यार्थी एकाइ धरान र केएचडिसी नेपालको संयोजकत्वमा धरानमा निःशुल्क शिविर सम्पन्न भएको छ।
विश्व मिर्गौला दिवसको अवसरमा पृथ्वी चोकको नवनिर्मित सामुदायिक भवनमा शिविर सम्पन्न भएको हो।
शिविरमा बिएमआई, रक्तचाप निःशुल्क परीक्षण गरिएको थियो। उक्त शिविरमा ११ जना डाक्टर तथा स्वास्थ्यकर्मीद्वारा सेवा प्रदान गरिएको थियो।
शिविरमा १२५ जनाले सेवा प्राप्त गरेका थिए। उक्त शिविरमा मिर्गौला स्वस्थ राख्न अपनाउनुपर्ने जीवनशैलीमाका बारेमा जानकारीसमेत दिइएको थियो।