काठमाडौं- भिआइपी सुरक्षा कार्यविधि परिमार्जन गर्न सुझाव पेश गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ।
सरकारले गठन गरेको वार्ता टोली र नेपाल चिकित्सक संघका पदाधिकारीबीच माघ २९ गतेको सहमति कार्यान्वयनका लागि 'विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७' मा गर्नुपर्ने परिमार्जन बारे सुझाव दिन कार्यदल गठन गरिएको थियो।
चिकित्सक संघसँगको सहमति अनुसार भिआइपी सुरक्षा कार्यविधि परिमार्जन गर्न कार्यदलले सुझावसहित प्रतिवेदन बुझाएको हो।
संशोधनका लागि सुझाव सहितको प्रतिवेदन मन्त्रालयमा पेश भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको गृह मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी दिल कुमार तामाङले बताए।
समग्र परिमार्जनका विषयहरुमा कार्यदलबाट मस्यौदा तर्जुमा भई मन्त्रिपरिषद्मा पेश गर्ने तयारी रहेको उनले बताए।