काठमाडौं- नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा अस्पताल निर्माणका लागि सरकारसँग ५० करोड रुपैयाँ माग गरेका छन्।
अर्बपति सांसद चौधरीले नवलपरासी पस्चिमको निर्वाचन क्षेत्र नम्बर १ को चौपत्तामा विशेष सेवा प्रदान गर्ने रिफरल अस्पताल निर्माण गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ५० करोड रुपैयाँ उपलब्ध गराउन भन्दै पत्र पठाएका छन्।
सांसद चौधरीले आगामी वार्षिक कार्यक्रम तथा बजेटमा बहुवर्षिय वा क्रमागत कार्यक्रमको रुपमा समावेश गरी ५० करोड रुपैयाँ उपलब्ध गराउने विषयमा पत्रमा लेखेका छन्। बर्दघाट नगरपालिकाले स्वमित्व तथा कार्यान्वयनको जिम्मेवारी लिने गरी चौपत्तामा विशेषज्ञ सेवा प्रदान गर्ने रिफरल अस्पताल स्थापना गर्न उनले उक्त बजेट माग गरेका हुन्।
अस्पताल निर्माणको काम तीन वर्षभित्र सकिने पत्रमा उल्लेख छ।
हेरौं पत्र