काठमाडौं- सरकारले कोरोनाविरुद्धको दोस्रो बुस्टर डोज खोप दिने भएको छ। यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिहरूलाई दोस्रो बुस्टर मात्रा खोप दिने भएको हो।
कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिहरूलाई पहिलो मात्रा बुस्टर खोप लगाउन पनि सरकारले आग्रह गरेको छ।
कसलाइै दिइँदैछ बुस्टर डोज खोप
५५ वर्ष उमेर माथिका सबै
स्वास्थ्यकर्मी
गर्भवती
१२ वर्ष माथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका
कोभिड १९ संक्रमण भएकाहरूले पनि संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज लिन मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुस्टर मात्रा खोप लगाउन जाँदा पूर्ण मात्रा खोप लगाएको खोप कार्ड लिएर जानुपर्ने छ।