काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि विद्यार्थी भर्नाका लागि सिट निर्धारण गरेको छ। आयोगले विभिन्न कलेजमा गरेर बिएनएस, बिएससी र मिडवाइफ्रीका लागि २ हजार ७९० सिट निर्धारण गरेको छ।
आयोगले आगामी शैक्षिक सत्रका लागि ५२ वटा कलेजका लागि सिट निर्धारण गरेको हो। आयोगले सबैभन्दा बढी बिएनएसका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)लाई १२० सिट दिएको छ। न्याम्सलाई बिएस्सीका लागि ४० सिट र मिडवाइफ्रीका लागि पनि ४० सिट निर्धारण गरेको छ।
आयोगले बिएनएसका लागि जम्मा एहजार तीन सय १० सिट, बिएससीका लागि एक हजार तीन सय ५० सिट र मिडवाइफ्रीका लागि एक सय ३० सिट निर्धारण गरेको छ।
गत वर्ष स्नातक तहका यी तीन विधामा ३ हजार १० सिट तोकिएको थियो। तर यसपटक अघिल्लो वर्षकोभन्दा २ सय २० सिट घटाइएको छ। गत वर्ष बिएनएसमा १४५० सिट तोकिएको थियो। गत वर्ष बिएनएस अन्तर्गत एडल्ट नर्सिङ, कम्युनिटी, क्रिटिकल केयर, पेडियाट्रिक, साइकियाट्रिक भनेर पनि छुट्याइएको थियो। तर यस वर्ष भने यसरी विषयहरु छुट्याइएको छैन।
यस्तै गत वर्ष बिएससीमा १४६० सिट तोकिएको थियो। यस वर्ष भने १३५० सिट मात्र तोकिएको छ। मिडवाइफ्रीमा भने ३० सिट थपिएको छ। गत वर्ष मिडवाइफ्रीका लागि १०० सिट मात्र तोकिएको थियो।
यसपटक कुन कलेजलाई कुन विषयमा कति सिट?
१. अल्का अस्पताल - बिएनएस २० सिट
२. एसियन फाउन्डेसन अफ एजुकेशन एण्ड रिसर्च प्रा.ली - बिएनएस २० सिट, बिएससी २० सिट
३.बिएण्डबी मेडिकल इन्स्टिच्युट - बिएनएस ४० सिट, बिएससी २० सिट
४. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान - बिएससी ४० सिट, मिडवाइफ्री २० सिट
५. बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल नर्सिङ कलेज - बिएनएस ४० सिट
६. बिराट मेडिकल कलेज - बिएससी २० सिट
७. विराटनगर नर्सिङ क्याम्पस - बिएनएस ४० सिट, बिएससी ४० सिट
८. वीरगन्ज नर्सिङ क्याम्पस- बिएनएस ४० सिट, बीएससी ३० सिट
९. चरक एकेडेमी, पोखरा- बिएनएस २० सिट, बिएससी २० सिट
१०. चितवन मेडिकल कलेज- बिएनएस ४० सिट, बिएससी ४० सिट
११. कलेज अफ मेडिकल साइन्सेस टिचिङ हस्पिटल- बिएससी ४० सिट
१२. देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्सीच्युड- बिएससी २० सिट
१३. एभरेस्ट कलेज अफ नर्सिङ - बिएनएस २० सिट, बिएससी २० सिट
१४. गण्डकी मेडिकल कलेज- बिएनएस ३० सिट, बिएससी ३० सिट
१५. हाम्रो स्कुल अफ नर्सिङ - बिएससी २० सिट
१६. होप इन्टरनेशनल कलेज - बिएनएस २० सिट, बिएनएस २० सिट
१७. इनोभेटिभ कलेज अफ हेल्थ साईन्स प्रा.लि- बिएनएस २० सिट
१८.जानकी मेडिकल कलेज- बिएनएस २० सिट
१९. जेएफ इन्सीच्युड अफ हेल्थ साईन्स- बिएनएस ३० सिट, बिएससी २० सिट
२०. कान्तिपुर एकेडेमी अफ हेल्थ साईन्स- बिएनएस २० सिट, बिएससी २० सिट
२१. कर्णाली एकेडेमी अफ हेल्थ साईन्स- बिएनएस २० सिट, मिडवाइफ्री १० सिट
२२. काठमाडौं मेडिकल कलेज प्रा.लि- बिएनएस २० सिट, बिएससी ४० सिट
२३. काठमाडौं मोडेल हस्पिटल स्कुल अफ नर्सिङ- बिएनएस ४० सिट, बिएससी २० सिट
२४. केयु स्कुल अफ मेडिकल साइन्स- बिएनएस ३० सिट, बिएससी ४० सिट, मिडवाइफ्री २० सिट
२५. कृष्ण मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर- बिएनएस २० सिट, बिएससी २० सिट
२६. ललितपुर नर्सिङ क्याम्पस - बिएनएस ४० सिट, बिएससी ४० सिट, मिडवाइफ्री २० सिट
२७. मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्स - बिएनएस २० सिट, बिएससी २० सिट
२८. महाराजगंज नर्सिङ क्याम्पस- बिएनएस ५० सिट, बिएस्सी ४० सिट, मिडवाइफ्री २० सिट
२९. मणिपाल कलेज अफ मेडिकल साइन्स- बिएससी ४० सिट
३०. मनोमोहन मेमोरियल इन्सीच्युड अफ हेल्थ साइन्स- बिएनएस ४० सिट, बिएस्सी ४० सिट
३१. नारायणी सामुदायिक हस्पिटल लि- बिएससी २० सिट
३२. नागरिक कलेज अफ हेल्थ साईन्स- बिएनएस ४० सिट, बिएससी २० सिट
३३. नेशनल एकेडेमी फर मेडिकल साइन्स- बिएससी २० सिट
३३. नेशनल एकेडेमी अफ मेडिकल साइन्स (न्याम्स)- बिएनएस १२० सिट, बिएस्सी ४० सिट, मिडवाइफ्री ४०
३४. नेशनल मेडिकल कलेज- बिएनएस २० सिट, बिएस्सी २० सिट
३५. नेपाल मेडिकल कलेज प्राली- बिएससी ४० सिट
३६. नेप्लिज आर्मी इन्सीच्युड अफ हेल्थ साइन्स - बिएनएस ४० सिट, बिएससी ४० सिट
३७. नेपालगंज मेडिकल कलेज - बिएससी २० सिट
३८. नेपालगंज नर्सिङ क्याम्पस - बिएनएस ३० सिट, बिएससी ३० सिट
३९. नोबेल कलेज - बिएनएस २० सिट, बिएससी २० सिट
४०. नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल - बिएनएस २० सिट, बिएससी २० सिट
४१. नर्भिक इन्सीच्युड अफ नर्सिङ एजुकेशन - बिएनएस ४० सिट, बिएससी २० सिट
४२. ओम हेल्थ क्याम्पस प्राली - बिएनएस ४० सिट, बिएससी २० सिट
४३. पोखरा नर्सिङ क्याम्पस - बिएनएस ४० सिट, बिएससी ४० सिट
४४. पोखरा एकेडेमी अफ हेल्थ साइन्स - बिएनएस २० सिट, बिएससी २० सिट
४५. पूर्वान्चल युनिभर्सिटी स्कुल अफ हेल्थ साइन्स - बिएनएस ४० सिट, बिएससी ४० सिट
४६. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान - बिएनएस २० सिट, बिएससी २० सिट
४७.सान इन्सीच्युड अफ नर्सिङ - बिएससी २० सिट
४८. शिर मेमोरियल कलेज अफ नर्सिङ - बिएससी २० सिट
४९.स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्स (एसएचएएस) - बिएनएस २० सिट, बिएससी २० सिट
५०. श्री मेडिकल एण्ड टेक्निकल कलेज - बिएनएस ४० सिट, बिएससी २० सिट
५१. युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ हस्पिटल - बिएनएस ४० सिट, बिएससी ४० सिट
५२. यती हेल्थ साइन्स एकेडेमी - बिएनएस २० सिट, बिएससी २० सिट