काठमाडौं- चितवनस्थित भरतपुर अस्पतालको ओपिडी सेवा फागु पूर्णिमाको दिन (सोमबार) बन्द हुने भएको छ। अस्पतालले एक सूचना जारी गरी फागुन २२ गते परेको फागु पूर्णिमाको दिन ओपिडी सेवा बन्द रहने र अन्य सेवा सञ्चालनमा रहने जनाएको छ।
फागुन २४ गते नारी दिवसका दिन भने ओपिडी सेवा दिउँसो एक बजेसम्म खुला रहने सूचनामा उल्लेख गरिएको छ।
सूचनामा भनिएको छ, ‘२२ गते अस्पतालको ओपिडी सेवा बन्द रहने र अस्पतालका अन्य सबै सेवाहरु २४ सै घण्टा यथावत रहने छन्। फागनु २४ गते नारी दिवसको दिन अस्पतालको ओपिडी सेवा आधा दिन १ बजेसम्म खुला रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ।’