काठमाडौं- नेपाल फर्मास्युटिकल्स एसोसिएशन (एनपिए)को अध्यक्षमा ललितमोहन पन्त निर्वाचित भएका छन्। एसोसिएशनको अन्तिम मतपरिणाम अनुसार पन्तले उनका निकटतम प्रतिस्पर्धी डा रोभस कुसुम सुवेदीलाई हराउँदै निर्वाचित भएका हुन्।
निर्वाचन कमिटीले आधिकारिक मत परिणामा सार्वजनिक गर्न भने बाँकी नै छ।
यस्तै एसोसिएशनको उपाध्यक्षमा अमृत गौरो र देवानन्द साह निर्वाचित भएका छन्। यस्तै उपाध्यक्ष महिला तर्फ संगिता विष्ट निर्वाचित भएकी छन्।
महासचिव पदमा सञ्जीव शर्मा कट्टेल निर्वाचित भएका छन्। सचिवमा केदार प्रसाद साह र विवेक श्रेष्ठ निर्वाचित भएका छन्। कोषाध्यक्ष पदमा गोपिना राई निर्वाचित भएकी छन्। सह-कोषाध्यक्ष पदमा निर्मल राज मरासैनी र प्रचार सचिव पदमा अनिश श्रेष्ठ निर्वाचित भएका छन्।
सदस्य खुल्लामा श्रृष्टि प्रजापति र मनोज भट्टराई निर्वाचित भएका छन् भने सदस्य महिलामा शौभाग्य डंगोल निर्वाचित भएकी छन्।
नयाँ बानेश्वरमा शनिबार भएको निर्वाचनमा १८ सय कुल मतदातामध्ये ९९२ मत मात्र खसेको थियो।