काठमाडौं - नेपाल फार्मास्युटिकल्स एशोसिएसनको निर्वाचन सुरु भएको छ। बिहान ९ बजेदेखि सुरु भएको निर्वाचन दिउँसो चार बजेसम्म हुनेछ।
नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ। महासचिवमा दुई जना प्रतिस्पर्धामा छन्।
अध्यक्षमा फुलगेन साह, डा रोभस कुसुम सुवेदी र ललित मोहन पन्त प्रतिस्पर्धामा छन्। अमृत गौरो, देवानन्द साह, प्रदिप लम्साल, बद्री केसी र लक्ष्मी नारायण न्यौपाने उपाध्यक्षमा, रोनक श्रेष्ठ र संजिता विष्ट उपाध्यक्ष महिलामा, धिरज रौनियार र संजिव शर्मा कट्टेल महासचिवमा प्रतिस्पर्धामा छन्।
सचिवमा केदार प्रसाद साह, विवेक श्रेष्ठ, विष्णु प्रसाद कंडेल, विष्णु रेग्मी, संजय चौधरी, सानुकाजी श्रेष्ठ, कोषाध्यक्षमा गोपिना राई र राजन मानन्धर, सह कोषाध्यक्षमा निर्मल राज मरासैनी र सुशिल नेपाल, प्रचार सचिवमा अनिश श्रेष्ठ र यज्ञ राज बडुको उम्मेदवारी परेको छ।
सदस्यहरुमा अशोक भुषाल, आनन्द ठाकुर, कपिल बोगटी, भाइकाजी बस्नेत, मनोज भट्टराई, सुदर्शन बिडारी, संजिव प्रजापति, सुशिल अधिकारी र सृष्टी प्रजापति र सदस्य महिलामा प्रेरणा मानन्धर र सौभाग्य डंगोलको उम्मेदवारी परेको छ। निर्वाचन नयाँ बानेश्वरको सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रमा भइरहेको छ।