काठमाडौं- नेपाल फार्मास्युटिकल एसोसिएसनको निर्वाचन नजिकिँदै छ। निर्वाचनमा अध्यक्षसहित सदस्य पदका उम्मेदवारहरु चुनावी प्रचारमा जुटिरहेका छन्।
नयाँ कार्यसमितिका लागि हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा तीन जनाको मनोनयन परेको छ। महासचिवमा दुई जना प्रतिस्पर्धामा छन्।
निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षमा फुलगेन साह, डा रोभस कुसुम सुवेदी र ललित मोहन पन्तको उम्मेदवारी परेको छ। प्राडा बालमुकुन्द रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षमा तीन जना मात्र प्रतिस्पर्धी भएका हुन्।
यस्तै महासचिवमा भने धिरज रौनियार र संजिव शर्मा कट्टेलको उम्मेदवारी परेको छ। संजय कुमार यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।
नयाँ कार्यसमितिका लागि २० गते निर्वाचन हुँदैछ।
कुन पदमा कसको उम्मेदवारी?