काठमाडौं– सरकारले स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट प्राप्त हुने १३ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा ५० करोड बराबरको अनुदान सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक यस्तो जानकारी दिएकी हुन्।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु