काठमाडौं- सिटी केयर अस्पताल बर्दीवास र विराट मेडिकल कलेजबीच क्यान्सर रोकथाम विभाग संचालनको लागि समझौता भएको छ।
प्रदेश सभा सदस्य शारदादेवी थापाको उपस्तिथिमा विराट मेडिकल कलेजका तर्फबाट क्यान्सर रोग विशेषज्ञ डा अस्मिता रायमाझी र सिटी केयर अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर तथा हाडजोर्नी विशेषज्ञ डा अमन शाहले हस्ताक्षर गरेका छन्।
हस्ताक्षर कार्यक्रममा मेडिकल कलेजका सामुदायिक चिकित्सा विभागका डा पार्थ गुरागाईं, मीरा अर्याल तथा सिटी केयर अस्पतालका बोर्ड अफ डाइरेक्टर डा वेवी भगतको समेत उपस्तिथि रहेको थियो।