काठमाडौं– नेकपा एमाले सरकारबाट बाहिरिने निर्णय गरेको छ। उसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको हो।
सोमबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
यो निर्णयसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको मन्त्रालयको यात्रा ४२ दिनमै टुंगिएको छ। गिरी माघ ३ गते स्वास्थ्य मन्त्री नियुक्त भएका थिए।