काठमाडौं- आयुर्वेद क्याम्पस कीर्तिपुरमा अखिल क्रान्तिकारी निकट एक छात्रले महिला सहपाठीलाई हातपात छन्।
हालै मात्र सैद्धान्तिक परीक्षा पास गरि इन्टर्न्सिप सुरुवात गराउन क्याम्पस प्रमुखसँग माग लिएर विद्यार्थीहरू पुग्दा अखिल क्रान्तिकारीका आदर्श नागवंशीले आफ्नै सहपाठी महिला छात्रामाथि हात हालेका थिए।
सोही क्रममा रोक्न जाँदा अन्य केही विद्यार्थीलाई पनि चोटपटक लागेको छ। क्याम्पस प्रमुख शिवमंगल प्रसादले नरदेवी आयुर्वेद चिकित्सालयमा हुँदै आईरहेको ईन्टर्नशीप प्रशिक्षण हटाउन खोजेको थिए । तर विद्यार्थीहरू भने त्यस कदमको विरोध गर्दै आएका थिए।
प्रहरी प्रशासनले यो घटनाको किटानी जाहेरी लिन नमानेको बताइएकोछ। महिला हिंसा जस्तो विषयप्रति क्याम्पस प्रशासन र प्रहरी प्रशासन असंवेदनशील भएको भन्दै विद्यार्थीहरू आन्दोलनरत छन्।
घटना लगत्तै एमनेस्टी इंटरनेशनल आयुर्वेद नेटवर्कले विज्ञप्ति जारी गर्दै पिडितको सुरक्षाको माग गरेको छ।