काठमाडौं- नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ। मुम्बईस्थित नेशनल बर्न सेन्टरका चिकित्सकहरूले यस्तो जानकारी गराएका छन्।
गत फागुन ३ गते राति बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए।
सांसद भण्डारीकी आमाको कीर्तिपुरस्थित अस्पतालमा उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो। सोही दिन सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो।