काठमाडौं- ग्यास सिलिण्डर विस्फोटमा परेर घाइते भएका सांसद चन्द्र भण्डारीको अहिले भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीको अवस्था स्वास्थ्य सामान्यतर्फ गइरहेको छ।
उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै मुम्बईबाट माधव न्यौपानेले दिएको जानकारी अनुसार ट्रायलका रूपमा भेन्टिलेटर हटाइएको छ। ज्वरो आएको छैन। सबै स्वास्थ्य पारामिटर नर्मल रहेका छन्। सुन्निएको भाग घट्दै गएको छ र स्वास्थ्य सामान्यतर्फ गइरहेको न्यौपानेले उल्लेख गरेका छन्।