काठमाडौं- नेपाल फर्मास्युटिकल्स एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि यही फागुन २० गते निर्वाचन हुँदैछ। १७ जनाको केन्द्रीय कमिटी चयनका लागि फागुन २० गते काठमाडौंमा निर्वाचन हुन लागेको हो।
प्रादेशिक संरचना सहितको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको एशोसिएसनका सचिव सञ्जिव कट्टेलले बताए। सदस्यताको नवीकरण र नयाँ सदस्यता थप्ने मिति आइतबारसम्म तोकिएको थियो।
तर सार्वजनिक बिदा भएका कारण सदस्यताको नवीकरण र नयाँ सदस्यताका लागि दुई दिन थप गरिएको कट्टेलले जानकारी दिए।
हाल करिब एक हजार जना फर्मासिस्ट एशोसिएसनमा आवद्ध छन्। यो संख्या दुई हजार पुग्ने एशोसिएसनको अपेक्षा छ। हाल एशोसिएसनको अध्यक्ष शशिकान्त चौधरी छन्।