काठमाडौं- स्वास्थ्य सेवा विभागले नर्सिङ समूहका १८३ कर्मचारीको स्तरवृद्धि गरेको छ। गत पुसमा दर्ता भएका निवेदनका आधारमा योग्यता पुगेका कर्मचारीको स्तरवृद्धि गरिएको विभागले जानकारी दिएको छ।
विभागले नर्सिङ समूहका ती कर्मचारीहरूको पाँचौ, छैटौँ र सातौँ तहमा स्तर बृद्धि गरेको हो। जसमा सातौँ तहको अधिकृतमा स्तरवृद्धि हुने ६ जना रहेका छन्। ११५ जनालाई छैटौँ तहको अधिकृतमा स्तरवृद्धि गरिएको छ।