काठमाडौं- साठी वर्षमा पहिलो पटक चीनको जनसङ्ख्या घटेको छ। अधिकारीहरूका अनुसार त्यहाँको जन्मदर घटेर प्रति १००० जनामा ६.७७ भएको छ। यो अहिलेसम्मकै न्यूनतम बिन्दु हो।
सन् २०२२ मा चीनको जनसङ्ख्या १.४२ अर्ब थियो जुन सन् २०२१ को तुलनामा ८,५०,००० ले कम हो।
चीनमा जन्मदर वर्षौँदेखि ओरालो लाग्ने क्रममा छ।
चीनले ‘एक सन्तान’ नीति खारेज गरेको सात वर्ष भइसकेको छ। तर एक अधिकारीले अहिलेको अवस्थालाई “ऋणात्मक वृद्धिको युग” को सङ्ज्ञा दिएका छन्।
चीनको न्याश्नल ब्यूरो अफ स्टटिस्टिक्सले मङ्गलवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२१ को तुलनामा सन् २०२२ मा जन्मदर ७.५२ मा सीमित भएको छ।
सन् २०२१ मा संयुक्त राज्य अमेरिकामा प्रति १,००० व्यक्तिमा ११.०६ जन्म र यूकेमा १०.०८ जन्म हुने गरेको तथ्याङ्कले देखाउँछ। बीबीसीबाट