काठमाडौं- अफगानिस्तानको बाल्ख प्रान्तमा तालिबानले महिलालाई पुरुष डाक्टरकहाँ जान नपाइने भन्दै नयाँ आदेश जारी गरेको छ।
उक्त प्रान्तको सार्वजनिक मामिला तथा तालिवान गुनासोहरूको सुनुवाइ निर्देशनालयले यो घोषणा गरेको हो।
अफगानिस्तानको अखबार हश्त-ए-सुबाहका अनुसार तालिबानले पुरुष र महिला स्वास्थ्यकर्मीहरूका लागि काम गर्ने कोठाहरू छुट्टाछुट्टै गरिनुपर्ने र महिला बिरामीहरूले आफ्ना समस्याहरूको लागि पुरुषको सट्टा महिला स्वास्थ्यकर्मीहरूसँग सम्पर्क गर्नुपर्ने घोषणा पनि गरेको छ।
तालिबानले पुरुषहरूलाई महिला बिरामीहरूको कोठामा घुम्न समेत प्रतिबन्ध लगाएको छ। एजेन्सी