काठमाडौं- नेपाल चिकित्सक संघको आशन्न निर्वाचनमा सदस्यमा उम्मेदवारी दिएका डा कुभ्मराज जोशीले उम्मेदवारी फिर्ता लिएका छन्। डा जोशीले शनिबार संघको कार्यालयमा पुगेर सदस्य पदमा दिएको उम्मेदवारी फिर्ता लिएका हुन्।
डा जोशीले अग्रज र साथीहरुसँगको सल्लाह र सुझावपछि उम्मेदवारी फिर्ता लिएको बताए। डा जोशीले उम्मेदवारी फिर्ता लिएपछि अब सदस्य पदमा १४ जनाको प्रतिस्पर्धा हुने देखिन्छ। ६ सदस्यी पदका लागि १५ जनाले उम्मेदवारी दिएका थिए। निर्वाचनका लागि शनिबारसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो।
उम्मेदवारी फिर्ता लिने समयसम्म डा जोशीले मात्र फिर्ता लिएका हुन्।
सदस्य पदमा प्रजातान्त्रिक प्यानलबाट ६ जना, प्रगतिशील प्यानलबाट ६ जना र ३ जनाले एकल उम्मेदवारी दिएका थिए।
सदस्यहरुमा प्रजातान्त्रिक प्यानलबाट डा मनोर दिन सैयद, डा किशोर खत्री, डा श्रृजना विष्ट, डा अमित रञ्जन मिश्र, डा तेजसु सिंह मल्ल र डा युविन कुमार यादव छन्।
प्रगतिशील प्यानलबाट डा अभियान गौतम, डा पदम नेपाली, डा स्मृती महत, डा सुरेन्द्र यादव र डा रमेश श्रेष्ठ छन्।
यस्तै, डा चेतन बस्नेत, डा रामकृष्ण आचार्य र डा मोहम्मद अनमुल हक पनि सदस्य पदका उम्मेदवार हुन्।
संघको निर्वाचनका लागि प्रजातान्त्रिक समूहबाट अध्यक्षमा डा अनिलविक्रम कार्की उम्मेदवार छन्। प्रगतिशील समूहबाट डा सन्तोष पौडेल र डा शिवजी सिलवालले एकल उम्मेदवारी दिएका छन्।