काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर जम्मा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप ४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ९५१ जनाको नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या १४ रहेको छ।
पछिल्लो समय कोरोना भाइरसको जोखिम फरक स्वरुपमा देखिन सक्ने भन्दै सावधानी अपनाउन सरकारले आग्रह गरेको छ।
केही देशहरुमा संक्रमणका नयाँ भेरियन्ट पुष्टि हुँदै गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेश बिन्दुका हेल्थ डेस्कहरुले तथा स्वास्थ संस्थाहरुले आवश्यक तयारी थाल्न पनि आग्रह गरेको छ।