काठमाडौं- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीलाई सम्मान गरिएको छ। डा शाहीलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया अमेरिका र देउराली फाउन्डेशनले संयुक्त रुपमा ‘राष्ट्रिय स्वास्थ्य सेवा सम्मान २०२२’ प्रदान गरेको हो।
क्यान्सर रोगको उपचार तथा सचेतना अभियानमा उत्कृष्ट कार्य गरेको भन्दै डा शाहीलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
माडी भिलेज रिसोर्टको सभाहलमा बिहीबार आयोजित कार्यक्रममा बामगती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल र माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले डा शाहीलाई ताम्रपत्र तथा खादा ओडाएर सम्मान गरेका हुन् ।
डा शाहीले सम्मानबाट आफूलाई बिरामीको उपचारमा झनै जिम्मेवारीपूर्वक लाग्न हौसला मिलेको बताए।