काठमाडौं- वीरगञ्जस्थित नारायणी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा चित्ररन्जन साहलाई जिम्मेवारी दिइएको छ। डा साहले मेसुको पदमा हाजिर समेत गरिसकेका छन्।
डा साह यूरो तथा मिर्गौला प्रत्यारोपण सर्जन हुन। डा साहलाई बुधबार मेसुको जिम्मेवारी दिइएको हो। उनले बिहीबार अस्पतालमा पुगेर पदभार ग्रहण गरेका हुन्।