काठमाडौं- नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा डा लिजन महर्जन पदाधिकारीमा कुनै एक पदमा उठ्ने तयारीमा छन्। डा महर्जनले अध्यक्ष र सदस्य बाहेकको कुनै एक पदमा उठ्ने तयारी गरेका छन्।
डा महर्जन युवाहरुको स्वतन्त्र समूहबाट उठ्ने तयारीमा छन्। संघको वर्तमान कार्यसमितिका सबैभन्दा कान्छो उमेरका सदस्य डा महर्जनले यसपटक सदस्यभन्दा माथि र अध्यक्षभन्दा तलको कुनै एक पदमा उठ्ने तयारी गरेका हुन्।
'म छलफलमै छु। युवासाथीहरु र अग्रजहरुसँगको सुझावका आधारमा कुनै एक पदमा उम्मेदवारी दिनेछु,' उनले भने, 'अध्यक्ष र सदस्यमा मेरो उम्मेदवारी हुनेछैन। त्यो भन्दा बाहेकका कुनै एक पदमा उम्मेदवारी दिने छु।'
उनले युवा चिकित्सकहरुको आवाजलाई संघमा बलियो ढंगमा प्रस्तुत गर्नुका साथै सिनियरहरुका कुराहरुलाई पनि उत्तिकै महत्व दिने बताए।
चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीको अभियानमा निरन्तर सहभागी हुँदै आएका डा महर्जन चिकित्सकको हक हित र पेशागत सुधारका काममा पनि सक्रिय छन्।