काठमाडौं - पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १९५ पीसीआर र ५३४ जनाको एन्टीजेन परीक्षणका क्रममा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा २ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ८८ हजार ९१२ पुगेको छ। देशभर हाल १४ जना सक्रिय संक्रमित छन्।