काठमाडौं– फलोअप उपचारका लागि चीनमा रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको उनको सचिवालयले बताएको छ। पुनको स्वास्थ्यमा सुधार आएकोले १ साता भित्र नेपाल फर्किने जनाइएको छ।
पुन मंसिर १६ गते चीन प्रस्थान गरेका थिए। पुरानै रोग वंशाणुतग रूपमा रहेको जण्डिसले पुन: सताएपछि नेता पुन चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गर्न पुगेका थिए।
नेता पुनको उपचारका लागि पूर्वसभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला पनि चीनमै रहेका छन्।