काठमाडौं- नाक, कान तथा घाँटीको समस्यासम्बन्धी हाते पुस्तक बजारमा आउने भएको छ।
प्राडा नरमाया थापा र डा प्रशान्त त्रिपाठीको हेन्डबुक अफ इमरजेन्सी इन इएन्टी हेड एन्ड नेक सर्जरी नामक पुस्तक बजारमा आउने भएको छ।
पुस्तकले कान, नाक तथा घाँटीका बिशेषज्ञबाहेक इमर्जेन्सीमा उपचारमा संलग्न हुने सबै स्वास्थ्यकर्मीहरुलाई उपचार विधिमा सहयोग पुग्ने बताइएको छ।
पुस्तकको विमोचन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शनिबार हुँदैछ।
अस्पतालको आकस्मिक कक्षमा सेवा लिन आउने बिरामीहरुमा कान, नाक तथा घाँटीको समस्या प्रमुख समस्यामध्ये पर्दछन्।