काठमाडौं- नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं लुम्बिनी सिटी अस्पताल बुटवलमा कार्यरत वरिष्ठ न्यूरो सर्जन डा सुदीप राज सिंहको निधनप्रति चिकित्सक संघले दुख व्यक्त गरेके छ।
सिंहको निधन नेपाल चिकित्सक संघलाई अपूरणीय क्षति पुगेको संघका महासचिव डा बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
'स्वर्गीय डा सिंहले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा पुऱ्याए भएको अतुलनीय योगदान सबैको मानसपटलमा सदा सर्वदा स्मरणयोग्य छ' विज्ञप्तिमा भनिएको छ, 'संघले इमान्दार, लगनशिल र प्रतिष्ठित न्यूरो सर्जनलाई गुमाउन पुगेकोमा नेपाल चिकित्सक संघ परिवार अत्यन्तै मर्माहीत भएको छ।'