काठमाडौं- ड्युटीमै रहेका बेला गत बुधबार निधन भएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रेजिडेन्ट डा किरण श्रेष्ठको परिवारलाई उचित राष्ट्र सेवक कर्मचारीलाई प्रदान गर्ने सुविधा दिन माग गरिएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रेजिडेन्ट डाक्टरहरुले मृतक चिकित्सकको परिवारलाई राज्यले समान तहको राष्ट्रसेवक कर्मचारीलाई प्रदान गर्ने सरहको सुबिधा प्रदान गर्न माग गरेक छन्।
बिरामीको उपचार गर्दा गर्दै जीवन गुमाएका डा किरण श्रेष्ठ नेपाल सरकारको छात्रवृत्तिमा चिकित्सा शिक्षा आयोगमार्फत यहि वर्ष एमडी सर्जरी विषयमा अध्यनरत थिए।