कैलाली- कैलालीको धनगढीमा नयाँ सुविधासम्पन्न अस्पताल सञ्चालनमा आउने भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित २५ शय्याको शौभाग्य अस्पताल एण्ड रिसर्च सेन्टर प्रालि सञ्चालनमा आउन लागेको हो।
अस्पतालको अहिले भवन मर्मत, उपकरण तथा मेसिन व्यवस्थापनसंगै कर्मचारी भर्ना कार्य अघि बढाएको छ । सो अवसरमा अस्पतालले मडिकल अफिसर, स्टाफ नर्स, मेट्रोन, हेल्थ एशिसटेन्ट, ल्याब टेक्निसियन, फार्मेसी अफिसर लगायत धेरै जनशक्ति माग गरेको छ।
सो अस्पतालले काड्रियोलोजिस्ट, एन्थेस्टिसिया, फिजिसियन लगायतका विभिन्न पदमा १ सय ८ जना नयाँ जनशक्ति माग गरेको छ।
अस्पताललाई माघभित्रै सञ्चालनमा ल्याउने गरि काम भईरहेको जनाइएको छ।