काठमाडौं- जयबुद्ध सामुदायिक अस्पताल प्रालि भरतपुरको अध्यक्षमा पुनः जगत बहादुर गुरुङ चयन भएका छन्। अस्पतालको १६ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले अध्यक्षमा पुनः जगत बहादुर गुरुङलाई चयन गरेको हो।
अधिवेशनले अस्पतालको संचालक समितिमा पुनः पुरानै कार्यसमितिलाई निरन्तरता दिएको हो। जस अनुसार उपाध्यक्षमा तुलाराम गुरुङ, सचिवमा बुद्धिबहादुर गुरूङ र कोषाध्यक्षमा घमानसिंह थापालाई चयन गरेको छ।
यस्तै सदस्यहरूमा हेमराज आले र विमलादेवी गुरूङ चयन भएका छन् भने अस्पतालका प्रबन्ध निर्देशकमा डा सिवी पुनलाई पुनः चयन गरिएको छ। बाँकी २ जना सदस्य भने पछि चयन गरिने छ।
साधारण सभा तथा अधिवेशनमा अध्यक्ष जगत बहादुर गुरुङ, सचिव बुद्धिबहादुर गुरूङ, कोषाध्यक्ष घमानसिंह थापा र प्रबन्ध निर्देशक डा सिवी पुनले अस्पतालको वार्षिक प्रतिवेदन पेश गरिएको थियो।
साथै कार्यक्रममा २ जना ज्येष्ठ नागरिक शेयर सदस्यलाई सम्मान गरिएको थियो।