काठमाडौं- अदुवा हाम्रो शरीरका धेरै फाइदाजनक छ । अदुवा प्राय: हामी तरकारीमा मसलाको रूपमा, घाँटी दुखेको समयमा पानी तताएर त्यसमा अदुवा हालेर पनि खाने गर्छौं । अदुवाले विभिन्न रोगलाई पनि निको पार्दछ । अदुवा मात्रै होइन, अदुवापानीलाई नियमित रूपमा सेवन गर्ने हो भने शरीरलाई फाइदा मिल्दछ ।
पेटसम्बन्धी समस्याको समाधान
हरेक दिन अदुवापानी पिउनाले पाचन प्रक्रिया राम्रो बन्दछ । साथै पेट पोल्ने समस्याको पनि यसले समाधान गर्दछ ।
सुगर कन्ट्रोल
अदुवाको पानीमा हुने जिंक तत्त्वले शरीरमा सुगरको कन्ट्रोल गर्दछ । त्यसैले डायबिटिजका बिरामीहरूका लागि अदुवापानी उपयोगी हुन्छ ।
तौल घटाउँछ
ब्लड सुगरको मात्रा कन्ट्रोल गर्ने अदुवाको विशेषता हो । साथै अदुवापानी नियमित सेवन गर्दा शरीरको तौल बिस्तारै घट्दै जान्छ । त्यसैले मोटोपनले सताएको छ भने अदुवापानीको प्रयोग गर्नु फलदायी हुन्छ ।
महिनावारीको दुखाइलाई कम गर्छ
एक अध्ययनका अनुसार महिनावारीको समयमा नियमित हल्का तातो अदुवापानी पिउनाले पेट दुखाइ कम गर्दछ ।
मांशपेशीको दुखाइ कम गर्छ
अदुवा पानी पिउनाले शरीरमा रक्त सञ्चारमा सुधार आँउछ । यसले माशंपेशीमा आराम मिल्छ र माशंपेशीको दुखाइ कम हुन्छ ।
टाउको दुख्न कम गर्छ
अदुवा पानी नियमित पिउनाले मस्तिष्कका कोषहरूमा आराम मिल्छ र टाउको दुख्न कम हुन्छ ।
छाला स्वस्थ बनाउँछ
नियमित अदुवापानी पिउनाले शरीरको विषाक्त पदार्थ बाहिर निस्कन्छ । यसले रगत सफा हुन्छ र रगत र छालाको इन्फेक्सनको खतरा कम हुन्छ ।
रोग प्रतिरक्षा क्षमता बढ्छ
अदुवा पानी पिउनाले शरीरको रोग प्रतिरक्षा क्षमता बढ्छ । यसले रूघाखोकीको खतरा टर्छ ।
कफको समस्या हटाउँछ
अदुवापानीमा एन्टी ब्याक्टेरियल तत्त्व हुन्छ । यसको पानी पिउनाले खोकीको समस्या हट्छ । एजेन्सी