अछाम- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुवँरले बयालपाटा अस्पतालको निरक्षण भम्रण गरेका छन्। मन्त्री भएपछी गृह जिल्ला अछाम पुगेको अवसरमा कुवँरले अस्पतालको निरीक्षण तथा अवलोकन गरेका हुन्।
अस्पतालको अवस्थाका बारेमा जानकारी लिदैँ मन्त्री कुवँरले अस्पतालको सेवा दीर्घकालिन रुपमा संचालन गर्न संघिय सरकारमा समेत आफ्नो तर्फबाट आर्थिक व्यावस्थापनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
निशुलक रुपमा सबै प्रकारका सेवा प्रदान गर्ने बयालपाटा अस्पताल देशकै नुमना अस्पताल भएको भन्दै मन्त्री कुवँरले यसलाई दिर्घकालिन रुपमा संचालन गर्न सक्दो पहल गर्ने बताएका हुन्।
अस्पतालले अछाम मात्रै नभई छिमेकी जिल्लाका जनतालाई पनि सेवा प्रदान गरिरहेकाले सबै क्षेत्रबाट सहयोग हुनुपर्ने उनको भनाई थियो। अस्पतालको बारेमा आफु पहिले देखि नै चिन्तित रहेको भन्दै मन्त्री कुवँरले स्वास्थ्य मन्त्रीसंग सल्लाह गरेर अस्पतालको दिगोपनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
न्याय हेल्थ नेपालको व्यवस्थापनमा संचालित बयालपाटा असपतालले प्रदान गरिरहेको सेवा, प्रदेश मातहतमा ल्याउन भईरहेको पहल लगायतका बिषयमा अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा मन्दीप पाठकले जानकारी गराएका थिए।