काठमाडौं– मलेसियामा मंगलबार दुई हजार ३४५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। यसैसँगै कोरोना सुरु भएयता हालसम्म कोभिड संक्रमितको संख्या ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।
त्यहाँ तीन जना बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिएको हो भने, तीन हजार ३४२ जना स्थानीय व्यक्ति नै रहेका मन्त्रालयले जारी गरेको तथ्यांकले जनाएको छ।
मंगलबार कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ। कोरोना सङ्क्रमणको कारण मलेसियामा हालसम्म ३५ हजार ८१९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार गएको २४ घण्टामा दुई हजार ३८४ जना कोरोना मुक्त भएका छन्। कोरोना महामरी सुरु भएयता हालसम्म ४५ लाख २९ हजार २०१ जनालाई कोरोना संक्रमण निको भएको पनि मन्त्रालयले थप जानकारी दिएको छ।