काठमाडौं- वैज्ञानिकले २ हजार वर्ष पुरानो इजिप्टको एक शव (ममी) भेटेका थिए। जसलाई ‘मिस्टिरियस लेडी’ भनिन्छ। यो शव एक गर्भवती महिलाको थियो। जसको गर्भमा भ्रुण पनि भेटिएको थियो। जुन निकै राम्रो तरिकाले संरक्षित थियो।
पछिल्लो केही समयदेखि वैज्ञानिक यी महिलाको मृत्युको कारण पत्ता लगाउन व्यस्त थियो। यो ममीको खप्परमाथि एउटा शोध गरियो। उक्त अनुसन्धानमा यी महिलाको मृत्यु क्यान्सरका कारण भएको हो कि भन्ने अनुमान गरिएको छ। यो एउटा यस्तो खोज हो जसले क्यान्सर विशेषज्ञ र इजिप्टका वैज्ञानिकलाई हैरान पारिदिएको छ।
१९ औँ र २० औँ शताब्दिका बेला उक्त ममी एक पुरुष पुजारीको थियो कि भन्ने अनुमान गरिएको थियो। तर वारसा ममी प्रोजेक्टले जब यसमाथि अनुसन्धान गर्यो तब यो वास्तवमा एक महिलाको ममी भएको पत्ता लगायो। त्योभन्दा पनि आश्चर्यको कुरा के छ भने यो दुनियाँको पहिलो गर्भवती ममी हो। यसअघि कुनै पनि गर्भवती ममी भेटिएको थिएन।
गर्भमा संरक्षित थियो भ्रुण
यो वर्षको सुरुवातमा मिस्टिरियस लेडीको सिटी स्क्यानले उनको गर्भमा एउटा भ्रुण थियो भन्ने प्रमाण भेटिएको थियो। विशेष कुरा के हो भने ममीको गर्भ अत्यधिक एसिडिक भएको र कम अक्सिजनयुक्त वातावरणकाम कारण भ्रुण पनि निकै राम्रो तरिकाले संरक्षित भएको थियो।
खप्परको स्क्यानले मृत्युको कारणबारे खुलासा
गर्भवती ममीको खप्परको स्क्यान गरियो। हड्डीबाट यस्ता संकेत पाइयो जसबाट थाहा हुन्छ कि महिला क्यान्सरद्वारा पीडित थिइन्। सिटी स्क्यानले खप्परको बायाँतर्फ यस्तो दाग भेटियो जुन आजकाल डाक्टरले नेसोफिरिन्जियल क्यान्सरको रोगीमा देख्ने गर्छन्। यो एक दुर्लभ क्यान्सर हो जसले नाक र मुखको पछाडिको भागलाई प्रभावित गर्छ। यहाँ ७ मिमी व्यासको एउटा गोला घाउ देखियो। जुन ट्युमरका कारण भएको हुनसक्छ।
यसका साथै अनुहारको हड्डीमा एउटा ठूलो क्याभिटी पाइयो। बिरामीमा क्रेनियोफेसियल हड्डीमा पनि परिवर्तन नेसोफेरिन्जियल क्यान्सरका कारण हुने गर्छ। यद्यपि, क्यान्सरबारे पत्ता लगाउनका लागि अनुसन्धानकर्ताले ममीको तन्तुको राम्रोसँग परीक्षण गर्नुपर्ने हुन्छ।
स्मरण रहोस्, पहिला पनि यस्तो ममी भेटिएको छ जसमा क्यान्सरको सम्भावित लक्षण देखिएको थियो। सन् २०१७ मा वैज्ञानिकले दुई प्राचिन इजिप्टको ममीमा स्तन क्यान्सर र मल्टिपल मायलोमाबारे पत्ता लागेको थियो जुन विश्वमा क्यान्सरको सबैभन्दा पुरानो ज्ञात मामिला थियो। एजेन्सी