काठमाडौं- भारतमा पछिल्लो चौबिस घण्टामा १६ हजार १ सय ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
यो संगै भारतमा अहिले कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३५ लाख १८ हजार ५ सयभन्दा धेरै रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।
त्यसैगरी पछिल्लो चौबिस घण्टामा कोरोनाका कारण २४ जनाले ज्यान गुमाएका छन्। भारतमा कोरोनाका कारण अहिलेसम्म ५ लाख २५ हजार २ सय २३ जनाले ज्यान गुमाएको तथ्याङ्क छ।
अहिले भारतमा १ लाख १३ हजार ८ सय ६४ जना सक्रिय सङ्क्रमित छन्। केही दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्दो छ।