अछाम- पूर्व प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका पूर्वसभापती स्व गिरिजा प्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा बयालपाटा अस्पतालका बिरामीलाई फलफूल बितरण गरिएको छ।
जिपी कोइराला फाण्डेशन अछामको आयोजनामा बयालपाटा अस्पतालको आकस्मिक र अन्तरंगमा भर्ना भएका ४० बढी बिरामीलाई फलफूल बितरण गरिएको फाण्डेशनका सचिव कृष्ण कुवँरले बताए।
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेको उपस्थितीमा स्व कोईरालाको जनमजयन्तीमा उनलाई स्मरण गर्दै बिरामीलाई फलफूल बितरण गरिएको सचिव कुवँरले जानकारी दिए।
बिरामीलाई फलफूल बितरणपछि भएकोे कार्यक्रममा बोल्दै सहमहामन्त्री पाण्डेले स्व गिरिजा प्रसाद कोइरालाको योगदानपछि नेपाल स्वर्णिम कालमा प्रवेश गरेको बताए।