काठमाडौं- क्यानडामा २७८ जनामा मंकीपक्स संक्रमण भएको छ। क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले बिहीबारसम्म देशमा कुल २७८ जनामा मंकीपक्सबाट संक्रमित भएको पुष्टि गरेकी छिन्।
ब्रिटिश कोलम्बियाका चार, अल्बर्टाबाट पाँच, ओन्टारियोबाट ६७ र क्युबेकका २०२ संक्रमण दर्ता भएको वरिष्ठ चिकित्सक ट्यामले जनाएकी छिन्। मंकीपक्स भाइरसको जोखिमको जोखिम कुनै समूहमा मात्र नभएर यसको शिकार जो कोही पनि हुनसक्ने बताइएको छ।
जुन कुनै लिङ्ग, उमेर समूको व्यक्ति पनि सहजै संक्रमित हुनसक्ने उनले जनाएकी छिन्। ट्यामका अनुसार अधिकाङ्श संक्रमितहरू २० देखी ६९ उमेर समूह भित्रका छन्।
यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा पाइएको थियो।