काठमाडौं- भारतीय अभिनेता सोनु सूदले विज्ञापनको पारिश्रमिकबाट मिर्गौला प्रत्यारोपण गराइदिने भएका छन्।
उनले एक अस्पातालको विज्ञापन गरेको पारिश्रमिकबाट आर्थिक अवस्था कमजोर भएका ५० जना बिरामीहरूलाई मिर्गौला प्रत्यारोपण गराइदिने बताएका हुन्।
मिर्गौला प्रत्यारोपणको लागि उनले विज्ञापनको १२ करोड भारु पारिश्रमिक सहयोग गर्नेछन्।
'एक अस्पताल मसँग काम गर्न चाहन्थ्यो। मैले अस्पतालको विज्ञापन गरेको पारिश्रमिकले ५० जनालाई मिर्गौला प्रत्यारोपण गर्नुपर्ने प्रस्ताव राखेको थिए। ५० जनालाई मिर्गौला प्रत्यारोपण गर्दा १२ करोड खर्च हुनेछ। अहिले दुई जनाको मिर्गौला प्रत्यारोपण भइरहेको छ। जो सायद यसको खर्च जिन्दगीभर उठाउन सक्दैनथे,' उनले भने। एजेन्सी