अछाम- बयालपाटा अस्पतालका तत्कालिन स्वास्थ्य सेवानिर्देशक डा विकास गौचनको बिदाई गरिएको छ। न्याय हेल्थ नेपालको व्यवस्थापनमा संचालित बयालपाटा अस्पतालमा बिगत १ दशकदेखि कार्यरत डा. गौचनको अस्पतालले एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो।
सुरुमा मेडिकल निर्देशक र पछि स्वास्थ्य सेवा निर्देशक पदमा कार्यरत डा. गौचनले राजीनामा दिएर गएपछि अस्पतालले बिदाई गरेको अस्पतालका बरिष्ठ सुचना तथा प्रविधिअधिकृत दिपक बिष्टले बताए। डा. गौचन हाल गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालमा कार्यकारी निर्देशक पदमा कार्यरत छन्। यसअघि नेपाल पत्रकार महासंघ अछामले समेत डा. गौचनको बिदाई गरेको थियो।
सोही अवसरमा अस्पतालको दन्त चिकित्सक पदमा कार्यरत डा. रेखा शेरचनको समेत बिदाई गरिएको थियो। ६ वर्ष भन्दा बढी सेवा गरेको भन्दै डा. शेरचनलाई समेत दोसल्ला र मायाको चिनो प्रदानगरि बिदाई गरिएको छ।
यस्तै डा. गौचनको स्वास्थ्य कार्यलय अछामले समेत बिदाई गरेको छ। कार्यालयका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले दश वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखको उपस्थितीमा डा. गौचनको बिदाई गरे। यसअघि नेपाल पत्रकार महासंघ अछामले समेत डा. गौचनको बिदाई गरेको थियो।