मान्छे मर्यो अस्पतालमा आकस्मिक रोगले।
आफन्तमा दु:ख छायो छट्पटिए शोकले।।
सान्तवना छैन कोइको आक्रोश देखाउँ भन्ने।
अस्पताल तोडफोड गर्दै ठूलो मान्छे बन्ने।।
औषधिले असर गर्यो स्वाथ्यकर्मी कुट्यो।
कोरोनाको महामारीले अलि व्यवहार छुट्यो।।
जे काम गर्यो त्यसमै जोखिम खै के काम गर्ने।
कस्तो चलन मेरो देशको डाक्टर कुट्नु पर्ने।।
भत्काएर भवनहरू झ्यालहरू फुटाइ।
बहादुर सावित गर्छौ डाक्टर नर्सलाई कुटाई।।
गल्ती हुन्छ अन्जानमा दण्ड सजाय दिनु।
डाक्टर नर्सको पेशा हो र कसैको ज्यान लिनु?
बिरामीको दुखाईलाई आफ्नो पीडा सम्झी।
तिमी घरमा रमाई रहँदा जान्छन् ड्यूटी रुझि।।
लाखौंको ज्यान बचाईरहे आफैं जोखिम बनी।
किन हातपात डाक्टर नर्सलाई हत्यारा हो भनी।।
हातमा दियो बाली कसम पूरा गरी आको।
कस्लाई के थाहा स्वास्थ्य पेशा कति हण्डर खाको।।
कति कुट्छौ? स्वासथ्यकर्मी लौ अजै नी कुट।
मैं मर्दिन्छु तिम्रो लागि मृतक तिमी उठ।।
मलाई कुटी तिम्रो लास उठ्छ भने अजै।
आऊ कुट मार मलाई लैजाऊ संख बजाई।।
(लेखक स्टाफ नर्स हुन्।)