काठमाडौं- लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ ९औं तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार ९औं तहका कन्सलटेन्ट डाक्टरको अधिकांश पदमा आवेदन नै परेको छैन। खुला तर्फ पनि थोरै संख्यामा मात्र आवेदन परेको थियो।
कन्सलटेन्ट नेफ्रोलोजिष्ट आन्तरिक प्रतिस्पर्धामा ३ जना माग गरेकोमा आवेदन नै परेको थिएन। यस्तै यही पदमा आदिवासी जनजातीमा एक जना माग गरेकोमा यसमा पनि आवेदन परेन।
कन्सलटेन्ट न्यूरोलोजिस्ट आन्तरिक प्रतिस्पर्धामा तीन जना माग भएकोमा कसैको पनि आवेदन परेन।
कन्सलटेन्ट न्यूरोलोजिस्ट खुलामा १ जना माग गरेकोमा लिखित परीक्षमा १ जना मात्र सहभागि भएका थिए। डा पारस रायमाझी खुला लिखितमा पास भएका हुन्। उनी अन्तर्वार्ताका लागि छनोट भएका छन्। यही पदमा आदिवासी जनजाती तर्फ भने एक जना माग भएकोमा कसैको पनि आवेदन परेको छैन।
कन्सलटेन्ट कार्डियोलोजिष्ट आन्तरिक प्रतिस्पर्धामा २ जना माग भएकोमा कसैको पनि आवेदन परेको छैन।
यही पदमा आदिवासी जनजाती तर्फ एक जना माग भएकोमा ३ जनाको आवेदन परेको थियो। जसमा डा कुन्जान शेर्पा र डा रवि साही गरी दुई जना लिखितमा पास भएका छन्।
यस्तै कन्सलटेन्ट ट्रपिकल मेडिसिन फिजिसियन तर्फ आन्तरिक प्रतिस्पर्धामा २ जना माग भएकोमा कसैको पनि आवेदन नपरेको लोक सेवाले जनाएको छ। यस्तै यही पदमा महिला तर्फ एक जना माग भएकोमा यसमा पनि कसैको आवेदन परेको छैन।
कन्सलटेन्ट चेष्ट डिजिज फिजिसियन तर्फ पनि आन्तरिक प्रतिस्पर्धामा एक जना माग भएकोमा कसैको पनि आवेदन परेको छैन। महिला तर्फ भने एक जना माग भएकोमा डा दिपाकुमारी श्रेष्ठ मात्र लिखित परीक्षमा सहभागि भएकी थिइन्। उनी अन्तर्वार्ताका लागि छनोट भएकी छिन्।
यसैगरी कन्सलटेन्ट ग्याष्ट्रो इन्टेरोलोजी तर्फ आन्तरिक तर्फ एक जना माग भएकोमा कसैको पनि आवेदन परेको छैन भने खुला तर्फ १ जना माग भएकोमा १ जनाले मात्र परीक्षा दिएका छन्। डा दिवस खड्का अन्तर्वार्ताका लागि छनोट भएका छन्।
फरेन्सिक मेडिसिन अधिकृत तर्फ आन्तरिक तर्फ २ जना माग भएकोमा यसमा पनि कसैको आवेदन परेको छैन। कन्सलटेन्ट पल्मोनोलोजिष्ट आन्तरिक तर्फ १ जना माग भएकोमा यसमा पनि कुनै दरखास्त नपरेको लोक सेवाले जनाएको छ।
कार्डियाक सर्जरी आन्तरिक तर्फ २ जना माग भएकोमा आवेदन परेको छैन। खुला तर्फ भने १ जना माग भएकोमा ३ जनाले परीक्षा दिएका छन्। जसमा डा निरज भट्टराई, डा मयाक आचार्य र डा लोकेशशेखर जायसवाल अन्तर्वार्ताका लागि छनोट भएका छन्।
युरो सर्जरी आन्तरिकमा २ जना माग भएकोमा कसैको पनि आवेदन परेको छैन। आदिवासी जनजाती तर्फ भने १ जना माग भएकोमा डा वैस अंसारी अन्तर्वार्ताका लागि छनोट भएका छन्।
ग्याष्ट्रो इन्टेरोलोजिकल सर्जरीमा आन्तरिक तर्फ २ जना माग भएकोमा कसैको पनि आवेदन परेको छैन। वर्न तथा प्लाष्टिक सर्जरी र न्यूरो सर्जरीमा पनि आन्तरिक तर्फ ३ जना माग भएकोमा कसैको आवेदन परेको छैन।
कुन पदमा को उत्तीर्ण? कुनमा आवेदन परेन हेरौं पूरा विज्ञापन